Health TV Online
Health TV Online
Health TV Online

रगत भण्डारणका लागि उपकरण सहयोग

रगत भण्डारणका लागि उपकरण सहयोग

बागलुङ : रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ। यसै क्रममा बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्न आवश्यक उपकरण सहयोग गरेको छ।

बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्रमा एकै पटक २०० पोका रगत सुरक्षित भण्डारण गर्न मिल्ने आधुनिक उपकरण (फ्रिज) हस्तान्तरण गरेको छ। रोजगारका लागि बेल्जियममा रहेका बागलुङवासीको पहलमा सङ्कलन गरिएको तीन लाख ७५ हजार रकमबाट उक्त रगत भण्डारण औजार खरीद गरी सहयोग गरिएको बागलुङ समाज बेल्जियमले जनाएको छ।

रक्त सञ्चार केन्द्रलाई थप व्यवस्थित गराउने अभियानअन्तर्गत रगत भण्डारण औजार सहयोग भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका कार्यवाहक सभापति राजेन्द्र आचार्यले जानकारी दिए।

आचार्यका अनुसार बागलुङ रक्त सञ्चार केन्द्र सुधार परियोजनाअन्तर्गत एनआएन नेदरल्याण्डले थानेश्वर कँडेलको संयोजनमा ११ लाख रूपैयाँको एम्बुलेन्ससमेत सहयोग प्रदान गरेको छ।

यस्तै रक्तसञ्चार केन्द्रको ल्याबलाई अत्याधुनिक बनाउने र सेतो रगतसमेत उत्पादन गर्ने उद्देश्यअनुसार २४ लाख रूपैयाँ बराबरको ३६ प्रकारका अत्याधुनिक उपकरण हस्तान्तरण हुने प्रक्रियामा रहेको नेपाल रेडक्रस सोसाइटी बागलुङले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार