सुत्केरी भत्ता वितरण
तुलसीपुर : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ ।
सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए।
प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थीले संयुक्त रूपमा सुत्केरी भत्ता वितरण गरे। आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुत्केरी भत्ता दिने गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट दुई करोड बजेट निकासा भएपछि प्रत्येक सुत्केरीलाई एक हजार ८०० रूपैयाँ भत्ता वितरण गर्ने गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण