क्यान्सरबाट मृत्यु भएकाहरुको सम्झना गर्दै नेपाल क्यान्सर अस्पतालले गर्यो दिप प्रज्वलन
काठमाडौं : क्यान्सरबाट मृत्यु भएका व्यक्तिहरुलाई सम्झदैं शुक्रबार दिप प्रज्वलन गरिएको छ ।
हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्ना बिरामीहरुको सुस्वास्थ्यको कामना गर्दै र क्यान्सरबाट मृत्यु भएकाको सम्झना गर्दै दिप प्रज्वलन गरेको हो । हरेक वर्ष अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने गरिन्छ । यही सन्दर्भ पारेर अस्पतालले दिप प्रज्वलन गरेको हो ।
कार्यक्रममा क्यान्सरबाट निको भएका व्यक्ति , उपचारमा रहेका बिरामी एवं अस्पतालका कर्मचारीहरु सहभागी थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा