नेपाल औषधि उत्पादक संघको नयाँ कार्य समितिले पायो पूर्णता
काठमाडौं: नेपाल औषधि उत्पादक संघको नयाँ कार्य समितिले पूर्णता पाएको छ । गत बुधबार सम्पन्न २५औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका जी नारायणबहादुर क्षेत्रीले पदाधिकारी तथा सदस्यहरुको चयन गर्दै नयाँ कार्य समितिलाई पूर्णता दिएका हुन् ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल एव महासचिवमा विप्लव अधिकारी नियुक्त भएका छन् । कोषाध्यक्षमा प्रभात रुङ्गाटा र सदस्यहरुमा विजयराज शाक्य ,दीपेन्द्र प्रधान ,पृथ्वी राजभण्डारी, सुवर्णभक्त जोशीर प्रेम जाटिया मनोनित भएका छन् ।
आमन्त्रित सदस्यमा अध्यक्ष पदमा पराजित उम्मेद्धार प्रज्वलजङ्ग पाण्डेलाई मनोनित गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा