Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारले ताेक्याे ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क, बढी लिनेलाई कडा कारबाही

सरकारले ताेक्याे ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क, बढी लिनेलाई कडा कारबाही

काठमाडौं : चिकित्सा शिक्षा आयोगले  ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क तोकेको छ। आयोगले शुक्रबार तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानुनबमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

राससका अनुसार आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यका बाहिर  ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ। यस्तै बीडीएसका लागि उपत्यकाभित्र र बाहिरका लागि समान २० लाख १९ हजार ५८० रुपैयाँ  शुल्क तोकेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष ०७५\७६ को मुद्रास्फितिको आधारमा आयोगले शैक्षिक शत्र ०७६\०७७ को शुल्क निर्धारण गरेको हो। विसं २०७५ असोज २८ गते सरकारले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार र बीडीएसतर्फ १९ लाख ३२ हजार ६१२ रुपैयाँ कायम गरेको थियो।

आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम बार्षिक रुपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले सोही व्यवस्था अनुसार गर्नसमेत ध्यानकर्षण गरेकाे छ।

आयोगले काठमाडौं उपत्यकाभित्र एक तिहाइ बराबर पहिलो वर्ष १३ लाख ४१ हजार ८५ रुपैयाँ, उपत्यका बाहिर १४ लाख ७८ हजार ६७५ रुपैयाँ एमबीबीएसतर्फ र ६ लाख ७३ हजार १९४ रुपैयाँ शुल्क बीडीएसका लागि कायम भएको रकम विश्वविद्यालयमा जम्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था सम्बन्धित विश्वविद्यालयले मिलाउनुपर्ने जनाएको छ।

चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कमा भर्ना शुल्क, शिक्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई जनाउने भन्ने विषयलाई समेत आयोगले पुनः स्मरण गराएको छ।

शिक्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानुनविपरीत हुने भएकाले कारवाही गर्ने चेतावनी आयोगले दिएको छ । आयोगको बिहीबार र शुक्रबार बसेको बैठकले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरी सोहीअनुसार गर्न गराउन आग्रह गरेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि