‘सातै प्रदेशमा ट्रमा सेन्टर’
काठमाडौं : दुर्घटना तथा अन्य घटनाका कारण गम्भीर घाइते हुनेहरूको उपचारका लागि सरकारले सातै प्रदेशमा ट्रमा सेन्टर खोल्ने भएको छ।
विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको बताएका हुन्।
राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्वस्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि दोहोर्याए। नीति नभएका कारण स्वास्थ्य संस्थाको विकास गर्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारे।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त