स्वास्थ्यका कर्मचारी समायाेजनसम्बन्धी गुनासाे दर्ता बन्द
वैद्य र ल्याब असिस्टेन्टकाे गुनासो भने दर्ता गरिने
काठमाडौं : स्वास्थ्य मन्त्रालयले समायोजनका क्रममा चित्त नबुझेका कर्मचारीको गुनासो निवेदन दर्ता शुक्रबारदेखि नगर्ने जनाएकाे छ।
असोज १७ गतेसम्मको म्याद दिइए पनि हालसम्म गुनासो दर्ता गर्ने क्रम नरोकिएको भन्दै मन्त्रालयले अब गुनासाे दर्ता नगर्ने जनाएकाे हाे।
यद्यपि समायाेजनमा भएका त्रुटिहरू एवं वैद्य र ल्याब असिस्टेन्ट पदका लागि भने गुनासो दर्ता गरिने मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठद्वारा प्रेषित सूचनामा उल्लेख छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा