Health TV Online
Health TV Online
Health TV Online

स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयकाे पत्र, दरबन्दी नभए पनि समायोजन भएका सबैलाई हाजिर गराउनू

स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयकाे पत्र, दरबन्दी नभए पनि समायोजन भएका सबैलाई हाजिर गराउनू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएर गएका सबै कर्मचारीलाई सोही तह र पदनाम कायम राखी कामकाज गराउन ७५३ वटै स्थानीय तहलाई पत्र पठाएको छ।

मन्त्रालयले बिहीबार पत्र लेखी दरबन्दीभित्र वा दरबन्दी बढी भएका सबै कर्मचारीलाई पद र पदनाममा हाजिर गराई कामकाजमा खटाउने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई आग्रह गरेको हो।

उपसचिव भानुभक्त न्यौपानेद्वारा प्रेषित पत्रमा कर्मचारी समायोजनका क्रममा भएका समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएका तहमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दीमा पदपूर्ति नगरी सामायोजन भएका कर्मचारीलाई मिलान गर्दै जाने भनिएको छ।

हेर्नुहाेस् मन्त्रालयकाे पत्र–

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार