सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स
कञ्चनपुर : बेलडाँडी गाउँपालिकाले सर्पदंशका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सर्पदंशका बिरामीलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।
‘सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्याउन जाने समस्या निम्तिन थालेपछि निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छौँ’, गाँउपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले भने, ‘यसबाट सर्पदंश लागेका बिरामीको ज्याउन जोगाउन मद्दत पुग्नेछ।’
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई टाढाको अर्जुनी, धनगढीलगायत क्षेत्रमा उपचारका लागि पुग्नुपर्ने बाध्यता रहेको छ। स्रोत व्यवस्थापनको अभावमा गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न सकेको छैन। गाउँपालिकाको केही भाग सिमसार र वनजङ्गलले ढाकिएको हुँदा प्रतिवर्ष यस क्षेत्रमा सर्पदंशका बिरामीको सङ्ख्या थपिदै जाने गरेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा