Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निवर्तमान सभामुख महराकाे डीएनए परीक्षण हुने

निवर्तमान सभामुख महराकाे डीएनए परीक्षण हुने

काठमाडौं : संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको ‘डीएनए’ परीक्षण हुने भएको छ।

काठमाडौं प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त बानेश्वरले पीडितको आरोपको पुष्टि गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेका हुन्।

घटनास्थलबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको भित्री भागकाे टुक्रा लगायतका सामग्री महराको भए नभएकाे प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको बताइएको छ।

पीडित महिलाले घटना भएकाे भनिएकाे दिन असाेज १२ गते उनले आफू (तत्कालीन)सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेकी थिइन्। असोज १३ गते एक अनलाइनमार्फत घटना सार्वजनिक गर्दै उनले ती सामग्री देखाएकी थिइन्। भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती प्रमाण संकलन गरेको थियो ।

‘चस्मा वा जुत्ताको भित्रीम अभियुक्तको पसिना वा अन्य प्रमाण हुनसक्ने भएकाले डीएनए परीक्षण गर्न लागेकाे प्रहरीले जानकारी दिएकाे छ।

पीडितकाे उजुरीसँगै असाेज १९ गते  पक्राउ परेका महरा उच्च रक्तचापको समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत छन्। प्रहरीले अनुसन्धानका लागि  म्याद थप गर्न उनलाई मंगलबार अदालत लगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन