Health TV Online
Health TV Online

समायोजन पत्रको फोटो खिच्न मन्त्रालयमा स्वास्थ्यकर्मीको भिड

समायोजन पत्रको फोटो खिच्न मन्त्रालयमा स्वास्थ्यकर्मीको भिड

काठमाडौं : दशैँ सकिएलगत्तै देशभरका स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयमा धाउन थालेका छन्। समायोजनपत्र आफूकहाँ नआएको भन्दै उनीहरू समायोजनपत्रको फोटो खिच्नका लागि स्वास्थ्य मन्त्रालय आइपुगेका हुन्।

समायोजन सकिएर अन्य मन्त्रालयका कर्मचारी कार्यक्षेत्रमा गइसकेको भए पनि स्वास्थ्यकर्मीहरूको समायोजन भने झनै बल्झिएको छ।

आफू कहाँ परेँ भन्ने थाहा पाउनकै लागि साेमबारदेखि नै स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीहरू बिहानैदेखि लाइनमा बसिरहेका छन्। तर मन्त्रालयले समायोजनपत्र नभई पत्रको फोटो खिच्न पाउने व्यवस्था गरेको छ। ‘त्यसकै आधारमा आफ्नो समायोजन हुन्छ भनेर लाइनमा बसेको छु’, एक स्वास्थ्यकर्मीले भने।

स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्यकर्मीको समायोजनपत्र उनीहरू कार्यरत कार्यालयमै पठाउने बताएको छ। ‘पत्र जाने कहिले कहिले’ भन्दै आफूहरु यहाँ आएको स्वास्थ्यकर्मीहरू बताउँछन्। स्वास्थ्यको समायोजनमा साह्रै समस्या भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको भनाइ छ। ‘विशेषगरी अहेब र हेल्थ असिस्टेन्टमा समस्या भएको छ’, प्रवक्ता श्रेष्ठले भने।

आफनो पत्रको फोटो खिच्नकै लागि दशैँलगत्तै दैलेखबाट काठमाडौं आएका अहेब विनोदकुमार कठायतको आफ्नै गुनासो छ। उनले समायोजनमा गुनासो निवेदन दिएकै थिएनन्। तर उनको नाममा गुनासो छ भनेर हाल दैलेखबाट काभ्रे समायोजन गरिएको छ। ‘म दैलेखको मान्छे, काभ्रे पुगेँ।। के गर्ने गर्ने ?’, उनले प्रश्न गरे।

सुत्केरी स्याहार बिदामा रहेको आफूयस्तो सुनेपछि यहाँ आएको उनले बताए। ‘उता सुत्केरी श्रीमतीलाई खाना पकाएर दिने मान्छे नै छैन। यो समायोजनले त दिनु दुःख दियो’, उनले भने।

उता मुगुका हेल्थ असिस्टेन्ट विष्णु बहादुर शाहीको पद घटुवा भएको पत्र गएपछि उनी पनि मन्त्रालयमा गुनासो गर्न आएका छन्। उनी जस्ता पद नमिलेका कयौं स्वास्थ्यकर्मी पनि यतिखेर मन्त्रालय धाइरहेका छन्। कहिले मिल्ने टुंगो नै छैन ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन