Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि पसलबाट लागूऔषध बिक्री

औषधि पसलबाट लागूऔषध बिक्री

मोरङ : औषधि पसलबाट नै लागूऔषध बिक्री हुने गरेको पाइएको छ। सुनसरीको इटहरीस्थित तिरुपति मेडिकलका सञ्चालक नरेश यादव लागुऔषध बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

गत बिहीबार पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार सार्वजनिक गरेको हो।

मोरङको सुन्दरहरैंचा ४ निवासी यादवले इटहरीमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। यादव र इटहरीका असिम श्रेष्ठलाई प्रहरीले लागूऔषध बिक्री गर्दैगर्दा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार श्रेष्ठलाई सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वपश्चिम लोकमार्गबाट मोटरसाइकलमा लागूऔषध ओसार्दै गर्दा पक्राउ गरिएको हो।

पक्राउ परेका श्रेष्ठको साथबाट   १६७० थान स्पास्पेन, १६७० थान काटाडोल–५०, ६ थान रिमोडोल–५०, एक थान मोबाइल सेट र को १३प १२७६ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै