थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज अब नेपालमै
काठमाडौं : मानव शरीरलाई घात गर्ने तत्त्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ।
राससका अनुसार नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका एक ३३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरेको हो।
रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करीब दुई घण्टा लागेको थियो । मिर्गौला, छाती, मस्तिष्क, नशा, फोक्सो, सेप्सिस, इन्डोक्राइनका बिरामी केही हदसम्म अब यो आधुनिक पद्धतिबाट लाभान्वित हुनेछन्।
अस्पतालका सघन उपचारकक्ष विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार नवीनतम उपकरणको सहायताबाट मानव शरीरलाई नचाहिने रगतलाई छानेर बाहिर निकालिनेछ। त्यसबाट बिरामीले छिटो र सुलभ उपचार सेवा प्राप्त गर्नेछन्।
यो प्रविधिको प्रयोगबाट उपचार गर्दा औषधिको तुलनामा निकै कम खर्चिलो र बिरामीका लागि निकै लाभदायक हुने उनले बताए। थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज कम्तीमा तीनदेखि पाँच पटकसम्म गर्नुपर्ने हुन्छ। औषधिको प्रयोगभन्दा यो प्रविधिबाट उपचार गराउँदा बिरामीलाई लाग्दै आएको आर्थिक भारमा आधा कम हुने पनि डा. अर्यालले जानकारी दिए।
अस्पतालका ब्लड बैंक इञ्चार्ज विपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित