गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड
सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन्। समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोशित बिरामीका आफन्तले तोडफोड गरेको अस्पतालले जनाएको छ।
बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
अस्पताल प्रशासनले भने डा. झा बिदामा रहेको र अर्का डा. यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ।
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर
सिगरेटको विकल्प ई -सिगरेट होइन
‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
शारीरिक गतिविधिले हुने फाइदाहरू