स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ५६ लाख रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण गरेको हो। भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख रिसव पाण्डले बताए।
भवन अभावमा गाउँ संरक्षण व्यवस्थापन समितिको भवनको एउटा कोठाबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो। साँघुरो कोठामा बिरामीको स्वास्थ्य परीक्षणदेखि औषधि भण्डारण, प्रशासनिक, प्रसूति सेवा प्रभावकारी हुन सकेको थिएन।
नयाँ भवनमा प्रशासनिक, खोप, गर्भ जाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति र औषधि वितरणलगायत ११ वटा कोठा छन्। १५ बिरामीलाई उपचार गर्न मिल्ने पूर्वाधार तयार भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए।
सभाहल र दुई परिवार कर्मचारीको आवासका लागि तीन\तीन वटा कोठा पनि छन् । स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गाको व्यवस्था गरेका थिए। भवन निर्माणका लागि रूपा बरुवालले एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा दान दिएका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित