अरिंगाल भुटेर खाँदा १० जना बिरामी
रुकुम पूर्व : अरिंगाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन्।
रेश्मा बुढा, नरबहादुर बुढा, आशापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा बिरामी परेका हुन्।
बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ। शनिबार बेलुका जंगलबाट ल्याएको अरिंगाल भुटेर १२ जनाले खाएका थिए।
बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको राससले जनाएकाे छ।
अहिले उनीहरुको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुम पूर्वका अहेब मदन खड्काले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा