Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसी कात्तिक १३ देखि अनशनमा बस्ने, सरकारसँग ६ बुँदे माग

डा. केसी कात्तिक १३ देखि अनशनमा बस्ने, सरकारसँग ६ बुँदे माग

काठमाडौं : डा. गोविन्द केसीले यसअघि सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै कात्तिक १३ गतेदेखि १७औँ चरणको अनशन शुरु गर्ने चेतावनी दिएका छन्।

सोमबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्ना ६ बुँदे माग पूरा गर्न आग्रह गरेका छन्। यी माग पूरा नभए कात्तिक १३ गतेदेखि अनशन बस्ने उनले बताएका हुन्। पटकपटक सम्झौता भए पनि पूरा गर्न तदारुकता नदेखाएको भन्दै सत्याग्रहमा जानुको विकल्प नभएको उनले बताए।

उनले अवैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्नुपर्ने, विश्वविद्यालयहरूको नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य गर्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही गर्नुपर्ने लगायत माग राखेका छन्।

यस्तै डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर तथा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवण्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्न माग गरेका छन्।

डा. केसी उमेर हदबन्दीका कारण २६ वर्षे सेवा पूरा गरी साेमबार नै अवकाश पाउँदै छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि