डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा प्रभावित बनेको छ।
अस्पतालमा अहिले नेपाल सरकारतर्फबाट १०८ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ को मात्र पदपूर्ति हुँदा ७१ पद रिक्त छ। यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त छ। अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन्।
२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एकजना गरी करारमा तीन जना मात्र विशेषज्ञ चिकित्सक छन्। त्यस्तै अस्पतालमा १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एक जना करारमा गरी जम्मा १० जना मात्र छन्।
त्यसमध्ये छ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी राससले जनाएको छ। बाँकी रहेका चारमध्ये पनि तीन जनाको समायोजनपछि अस्पतालमा अहिले एक जना मेडिकल अफिसरमात्र रहेको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा