Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रवासीकाे सहयाेगमा आँखा उपचार केन्द्र

प्रवासीकाे सहयाेगमा आँखा उपचार केन्द्र

बागलुङ : गलकोट समाज जापानको आर्थिक सहयोगमा गलकोट नगरपालिका–५ हरिचौरमा आँखा उपचार केन्द्र बन्ने भएको छ। ८५ लाख रुपैयाँ लागतमा बन्ने केन्द्रको भवन एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ।

गलकोट आँखा उपचार केन्द्र स्थापनाका लागि समाजले गत वर्ष जापानमा आर्थिक सहयोग अभियान चलाएको थियो। शहीद थीरबम मल्ल पुस्तकालय परिसरमा केन्द्र स्थापना गर्न लागिएको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिइन्।

नेपाल नेत्रज्योति संघ, गलकोट नगरपालिकालगायत सरोकार भएका पक्षसँगको समन्वयमा समाजले केन्द्र स्थापनाको काम अघि बढाएको हो।

केन्द्रको भवन निर्माणका लागि थीरबम पुस्तकालय व्यवस्थापनले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएको छ । गलकोटमै उपचार केन्द्र खुल्ने भएपछि आँखाका बिरामीलाई सदरमुकाम आउनेपर्ने बाध्यता हट्ने भएको छ।

जिल्लामा हाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एक मात्र आँखा उपचार केन्द्र छ। समाजले केही वर्षअघि गलकोटमै राखेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका बिरामी बढी पाइएपछि उपचार केन्द्र स्थापनाको सोच बनेको समाजका अध्यक्ष खत्रीले बताए।

भवन निर्माणका लागि ७० लाख रूपैयाँ समाजले उपलब्ध गराउने र बाँकी रकम अन्य स्रोतबाट जुटाउने वडा नं. ५ का अध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि