Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुवै मिर्गौला फेल भएकालाई तीन लाख सहयाेग

दुवै मिर्गौला फेल भएकालाई तीन लाख सहयाेग

दमौली : दुवै मिर्गौला काम नलाग्ने भई काठमाडौँमा उपचार गराइरहेकी तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित तीन लाख २३ हजार रुपैयाँ सहयोग गरिएको छ।

छ महिनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ। हाल काठमाडौस्थित सुमेरु अस्पतालमा उनको उपचार भइरहेको राससले जनाएकाे छ। श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेवा खलको सक्रियतामा रकम सङ्कलन अभियान सञ्चालन गरिएको निवर्तमान अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार एकाइका सभापति भीमलाल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार पहिलो चरणमा सङ्कलन भएको उक्त रकम पीडितलाई प्रदान गरिसकिएको साथै रकम सङ्कलन अभियान जारी छ।

थर्पुस्थित मीन माध्यमिक विद्यालयका सहायक कर्मचारी श्रेष्ठलाई कल्याणकारी कोषमार्फत पनि  ५२ हजार रूपैयाँ सहयोग प्रदान गरिएको थियो। यस्तै न्यु भिजन युवा क्लबको सक्रियतामा सङ्कलित ३० हजार ७९० रुपैयाँ पीडितका आफन्तलाई प्रदान गरिएको क्लबका अध्यक्ष सन्दीप रानाभाटले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि