Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा छैनन् चिकित्सक, जँचाउन भारत पुग्छन् बिरामी

अस्पतालमा छैनन् चिकित्सक, जँचाउन भारत पुग्छन् बिरामी

कञ्चनपुर : महाकाली अस्पतालमा चिकित्सकअभाव भएको छ। भीमदत्त नगरपालिका १८ स्थित अस्पतालमा दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा समस्या भएको छ। चिकित्सक अभावका कारण बिरामीलाई अन्यत्र ‘रिफर’ गरिँदै आएको छ।

यहाँ चिकित्सक अभाव भएका कारण बिरामी चर्को मूल्य तिरेर भारतीय निजी अस्पतालमा उपचार गराउन पुग्ने गरेका छन्। अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भए पनि प्रसूतिरोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छालारोग विशेषज्ञ शम्भु जोशी गरी दुई चिकित्सक मात्रै कार्यरत छन्।

अस्पतालमा डेन्टल नवौँ तहका सात मेडिकल अधिकृत, १० औँ तहका १६ र ११ औँ तहका चार चिकित्सकको दरबन्दी भएपनि दुई बाहेक सबै दरबन्दी रिक्त रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए। अवस्थीका अनुसार चिकित्सा परिचालन निर्देशनालयबाट चार मेडिकल, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एक चिकित्सक मात्रै कार्यरत छन्।

अस्पतालमा सामान्य रोगका बिरामी बाहेक गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिदै आएको छ। अस्पतालमा रहेका उपकरण चलाउने जनशक्ति छैनन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार