Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवन मेडिकल कलेजमा यसरी मनाइयो दशैँ

चितवन मेडिकल कलेजमा यसरी मनाइयो दशैँ

चितवन : चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का डाक्टर, नर्स र अस्पतालका कर्मचारीहरूले बिरामीसँग खुशी साट्दै दशैँ मनाएका छन्।

अस्पतालका डाक्टर, नर्स र अस्पतालका कर्मचारीहरूले सर्जरी वार्डमा उपचारत बिरामी ८४ वर्षीय तुलमान पाख्रिनको हातबाट मंगलबार टीका थापे। टीका लगाइदिँदै पाख्रिनले कोही पनि बिरामी नहुन् र सबै खुशी रहुन् भन्ने कामना गरे।

अस्पतालमा कार्यरत डा‍. रोहित त्रिपाठीले यसपटक आफ्नो टीका नभए पनि बिरामीको सेवा गर्न पाउँदा निकै खुशी लागेको बताए। नर्स सुनिता आचार्यले घरमा गएर टीका लगाउन नपाए पनि बिरामीहरुको सेवा गर्दै दशै मनाउँदा उत्साहित भएको बताइन्।

नर्स अस्मिता पोख्रेरलले आफ्नी हजुरआमा बितेको कारण दशैँ मनाउन नभए पनि बिरामी र साथीहरूले अस्पतालमा दशैँ मनाएको देख्दा अघिल्ला वर्षका दशैँको सम्झना आएको सुनाइन्। यस्तै बिरामी विनोद मगरले दशैँ अस्पतालमा मनाउदाँ रमाइलो लागेको र घर जस्तै अनुभूति भएको बताए।

डाक्टर, नर्सहरूलाई खल्लो नहोस् भनेर एकसाथ दशैँ मनाउन शुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि