चितवन मेडिकल कलेजमा यसरी मनाइयो दशैँ
चितवन : चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का डाक्टर, नर्स र अस्पतालका कर्मचारीहरूले बिरामीसँग खुशी साट्दै दशैँ मनाएका छन्।
अस्पतालका डाक्टर, नर्स र अस्पतालका कर्मचारीहरूले सर्जरी वार्डमा उपचारत बिरामी ८४ वर्षीय तुलमान पाख्रिनको हातबाट मंगलबार टीका थापे। टीका लगाइदिँदै पाख्रिनले कोही पनि बिरामी नहुन् र सबै खुशी रहुन् भन्ने कामना गरे।
अस्पतालमा कार्यरत डा. रोहित त्रिपाठीले यसपटक आफ्नो टीका नभए पनि बिरामीको सेवा गर्न पाउँदा निकै खुशी लागेको बताए। नर्स सुनिता आचार्यले घरमा गएर टीका लगाउन नपाए पनि बिरामीहरुको सेवा गर्दै दशै मनाउँदा उत्साहित भएको बताइन्।
नर्स अस्मिता पोख्रेरलले आफ्नी हजुरआमा बितेको कारण दशैँ मनाउन नभए पनि बिरामी र साथीहरूले अस्पतालमा दशैँ मनाएको देख्दा अघिल्ला वर्षका दशैँको सम्झना आएको सुनाइन्। यस्तै बिरामी विनोद मगरले दशैँ अस्पतालमा मनाउदाँ रमाइलो लागेको र घर जस्तै अनुभूति भएको बताए।
डाक्टर, नर्सहरूलाई खल्लो नहोस् भनेर एकसाथ दशैँ मनाउन शुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा