सातवटा माग पूरा गर्न सरकारलाई डा.केसीको दुई हप्ते अल्टिमेटम
काठमाडौं : स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसी १७औँ अनशन बस्ने चेतावनी दिएका छन्।
आइतबार विज्ञप्ति जारी गरी डा.केसीले १६औँ अनशनका क्रममा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनलगायतका सातवटा माग आगामी दुई हप्तासम्म पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएका हुन्।
उनले शिक्षा तथा स्वास्थ्य उपसमितिले गरेको मेडिकल कलेजको शुल्क र सिट संख्यामा वृद्धिलगायतका निर्णय खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल चिकित्सा शिक्षा सञ्चालन गर्नुपर्ने, प्रदेश दुई र गण्डकी तथा डोटी, डडेल्धुरा, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।
डा. केसीले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन्।
डा. केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग उनले राखेका छन्।
प्रधानमन्त्रीको स्वास्थ्यको यथार्थ अवस्था सार्वजनिक गर्नुपर्ने तथा द्वन्द्वकालमा मानवताविरोधी कार्य गर्नेहरूलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न पनि डा. केसीले माग गरेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त