त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पहिलो नम्बरमा डा भगवान कोइराला दोस्रोमा डा धर्मकान्त बाँस्कोटा,र तेस्रोमा चन्द्रमणि पौडेलको नाम त्रिवि उपकूलपतिका लागि सिफारिस गरेका हुन्।

सिफारिस गरिएको नाम  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बिहीबार नै बुझाइसकेका छन्। प्रधानमन्त्री ओली त्रिविका कूलपति हुन्।

सिफासिस गरिएका तीन जना मध्येबाट एक जनाको नाम उपकूलपतिका लागि चयन हुनेछ ।