एमवीवीएस प्रवेश परिक्षामा गम्भीर लापरवाही गरेको भन्दै डिनको राजिनामा माग
काठमाडौं : काठमाडाैं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसले लिएको एमवीवीएस र बिडीएस प्रवेश परिक्षामा गम्भीर लापरवाही गरेको भन्दै डिनको राजिनामा माग गरिएको छ । उनको तत्काल राजिनामा माग
गर्दै डिन कार्यालयमा तालाबन्दी गरिएको छ ।
युवा चिकित्सक संघ नेपालले बिहिवार डिनको कार्यालयमा तालावन्दी गरेका हुन् । एमबीबीएसको प्रवेश परीक्षाको नतिजा निकाल्दा आर्थिक चलखेल भएको भन्दै परीक्षा संचालनमा संलग्नलाई कारवाही गर्न माग राख्दै उनीहरुले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
उक्त विज्ञप्तिमा केयुले काउन्सिलको मापदण्ड विपरीत सिट संख्या थपेको, नर्सिङ कलेजलाई आफूखुशी अनुमति दिएकाे, मेडिकल कलेजहरुलाई जथाभावी पैसा असुल्न दिएकोजस्ता आरोप समेत लगाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण