Health TV Online
Health TV Online

एमवीवीएस प्रवेश परिक्षामा गम्भीर लापरवाही गरेको भन्दै डिनको राजिनामा माग

एमवीवीएस प्रवेश परिक्षामा गम्भीर लापरवाही गरेको भन्दै डिनको राजिनामा माग

काठमाडौं : काठमाडाैं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसले लिएको एमवीवीएस र बिडीएस प्रवेश परिक्षामा गम्भीर लापरवाही गरेको भन्दै डिनको राजिनामा माग गरिएको छ । उनको तत्काल राजिनामा माग
गर्दै डिन कार्यालयमा तालाबन्दी गरिएको छ ।

युवा चिकित्सक संघ नेपालले बिहिवार डिनको कार्यालयमा तालावन्दी गरेका हुन् । एमबीबीएसको प्रवेश परीक्षाको नतिजा निकाल्दा आर्थिक चलखेल भएको भन्दै परीक्षा संचालनमा संलग्नलाई कारवाही गर्न माग राख्दै उनीहरुले विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र  समेत बुझाएका छन् ।

उक्त विज्ञप्तिमा केयुले काउन्सिलको मापदण्ड विपरीत सिट संख्या थपेको, नर्सिङ कलेजलाई आफूखुशी अनुमति दिएकाे, मेडिकल कलेजहरुलाई जथाभावी पैसा असुल्न दिएकोजस्ता आरोप समेत लगाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार