दसैंमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवा
काठमाडौं : नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले दसैंमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवाको व्यवस्था गरेको छ ।
हटलाइन सेवा २४ सै घण्टा उपलब्ध हुने संघले जनाएको छ । संघले हटलाइन टेलिफोन नम्बर ९८४१२६४१७१ मा आकस्मिक औषधि र परामर्शका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ । चाडपर्वको समयमा आकस्मिक औषधिको अभाव हुन नदिन हटलाइन सेवा सुरु गरेको संघले जनाएको छ ।
हटलाइनबाट क्यान्सर, मुटुरोग, मधुमेहका औषधिदेखि दुर्घटनामा परेका बिरामीको लागि आवश्यक पर्ने औषधिकाे माग गर्न सकिनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा