Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रोशनी शाहीको घटनालाई लिएर नर्सिङ संघले निकाल्याे विज्ञप्ति

रोशनी शाहीको घटनालाई लिएर नर्सिङ संघले निकाल्याे विज्ञप्ति

काठमाडौ :  नेपाल नर्सिङ संघले नर्स रोशनी शाहीको घटनाप्रति ध्यानाकर्षण गराउँदै विज्ञप्ति निकालेको छ ।

नर्स शाहीलाई पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडेर जुन घटना बाहिर आएको छ त्यसको सत्य तथ्य सूचना सार्वजनिक गर्न सम्बन्धित निकायलाई संघले माग गरेको छ ।

संघले निकालेको विज्ञप्तिमा ‘उक्त विवादास्पद घटनाको छानविन गरी सत्यतथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं’ उल्लेख छ ।

शाहीले आफूलाई महराले जबरजस्ती करणी गरेको आरोप लगाए पनि  त्यसकाे २४ घण्टा नपुग्दै बयान फेर्दै उनले आफनो लागि महरा बाबु समान भएको बताएकी छिन्। संघले कसैको दवावमा परेर यस्तो आएको हुनसक्ने भन्दै यसको सत्य कुरा के हो बाहिर आउनुपर्छ भनेर विज्ञप्ति निकालिएको अध्यक्ष तारा पाेखरेलले बताइन्। शाही अन्यायमा परेकी छिन भने न्याय पाउनुपर्छ उनले भनिन्।

विज्ञप्ति: 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि