Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालमा एक महिनाका लागि स्तन जाँचमा विशेष छुट

नेपाल क्यान्सर अस्पतालमा एक महिनाका लागि स्तन जाँचमा विशेष छुट

काठमाडौं: अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यही अवसर पारेर ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले महिलाहरुका लागि विशेष अफर ल्याएको छ । अक्टोबर महिनाभरी स्तन सम्बन्धी जाँचमा ५० प्रतिशत छुट दिने अस्पतालले जनाएको हो ।

नेपालीको क्यान्सर नेपालमै भन्ने मूल नाराका साथ अघि बढेको यस अस्पतालले विभिन्न दिवसको अवसर पारेर बिरामीका लागि छुट दिने गरेको छ ।

महिलाहरुमा स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सर पछि बढी हुने क्यान्सरमा पर्छ । जसका कारण धेरैले ज्यान गुमाउने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै समयमै जाँच गरुन भनेर यो एक महिनाका लागि छुट अफर ल्याएको अस्पतालले जनाएको छ । यसका साथै अस्पतालले यो महिनाभरी नै विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन