नेपाल क्यान्सर अस्पतालमा एक महिनाका लागि स्तन जाँचमा विशेष छुट
काठमाडौं: अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यही अवसर पारेर ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले महिलाहरुका लागि विशेष अफर ल्याएको छ । अक्टोबर महिनाभरी स्तन सम्बन्धी जाँचमा ५० प्रतिशत छुट दिने अस्पतालले जनाएको हो ।
नेपालीको क्यान्सर नेपालमै भन्ने मूल नाराका साथ अघि बढेको यस अस्पतालले विभिन्न दिवसको अवसर पारेर बिरामीका लागि छुट दिने गरेको छ ।
महिलाहरुमा स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सर पछि बढी हुने क्यान्सरमा पर्छ । जसका कारण धेरैले ज्यान गुमाउने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै समयमै जाँच गरुन भनेर यो एक महिनाका लागि छुट अफर ल्याएको अस्पतालले जनाएको छ । यसका साथै अस्पतालले यो महिनाभरी नै विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा