एकै दिन ५० भन्दा बढीलाई बौलाहा कुकुरले टोक्याे
महोत्तरी : जिल्लामा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ। जिल्लाको तीन वटा स्थानीय तहमा मंगलबार ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका र एकडारा गाउँपालिकामा ५० भन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ।
घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अस्पतालमा पठाइएको जिल्ला अस्पताल जलेश्वरका डा. मृत्युञ्जयकुमार ठाकुरले बताए। उनका अनुसार मंगलबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म कुकुरले टोकेका व्यक्ति आउन थालेपछि जिल्ला अस्पतालमा सुई एआरभी र इम्युनोग्लोबलिन उपलब्ध नभएका कारण उनीहरूलाई जनकपुर अस्पताल रिफर गरिएको हो ।
एकैदिन ५० जनाभन्दा बढी व्यक्तिलाई टोकेर घाइते बनाएका बौलाहा कुकुरलाई गोली हानी मार्न जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट २० जना प्रहरीको टोली खटाइसकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण