उपल्लाे डोल्पावासीलाई हेपाटाइटिस बी पाेजिटिभ
डोल्पा : उपल्लाे डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ। डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ।
शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकराल भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताए। ‘उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ’, उनले भने, ‘प्रत्येक चार जनाको जाँच गर्दा एकजना पोजेटिभ भेटिन्छ, यसरी प्रत्येक वर्ष संक्रमितको संख्या बढे महामारीकै रूपलिने निश्चित छ।’
उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत सङ्क्रमण देखिएको छ । प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको शिविर आयोजक संस्था एकएक पाइला नेपालले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस बीको सङ्क्रमण भेटिएको छ ।
तिब्बतका मानिससँगको हेलमेलका कारण रोग भित्रिएको चिकित्सकको अनुमान छ। बच्चा जन्मिनेबित्तिकै हेपाटाइटिस बीविरुद्धको खोप नलगाउँदा पनि रोगको प्रकोप बढ्दै गएको डा. केसीको भनाइ छ।
हेपाटाइटिस बी सङ्क्रमित सर्वसाधारणलाई समेत रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने डा. केसीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण