Health TV Online
Health TV Online
Health TV Online

आगोले पोलेकाे बिरामी बालकलाई आर्थिक सहयोग

आगोले पोलेकाे बिरामी बालकलाई आर्थिक सहयोग

खोटाङ : आगोले पोलेको घाउमा किरा परेपछि अस्पताल पुर्याइएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्त मनस्थितिका १२ वर्षीय सूर्यप्रकाश राईलाई आर्थिक सहयोग उपलब्ध गरिएको छ।

दुई महिनाअघि अँगेनामा परेपछि बायाँ खुट्टाको घुँडा डढ्दा घाउमा किरा परेर थलिएका बालकको उपचार गर्न स्थानीय किरणजित राईको संयोजकत्वमा गठित सहयोग समितिले संकलन गरेको एक लाख १४ हजार ४४८ रुपैयाँ उपलब्ध गराएको हो।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले पीडित बालकका बुबा कुन्दन राईलाई रकम हस्तान्तरण गरे। सहयोग समितिले यसअघि गत भदौ १० गते १६ हजार रुपैयाँ प्रदान गरेको थियो।

आर्थिक अभावका कारण उपचार नपाउँदा घाउमा किरा परेपछि गत भदौ ३ गते अस्पताल भर्ना गरिएको थियो। जन्मजात सेरेबल पाल्सीबाट पीडित बालकको यसअघि पनि आगोमै परेर हात डढेको थियो।

बोल्नसमेत नसक्ने बालकलाई निको नहुने रोग लागेका कारण सुस्त भएकाले पटक–पटक अँगेनामा परिसकेका स्थानीयवासीले बताएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार