दशैंका बेला स्वास्थ्यकर्मीलाई समायोजनले दियो सकस
काठमाडौं : दशैंका बेला सबैजना घरतिर जान्छन्। हामी भने बच्चाबच्ची बोकेर काठमाडौंस्थित स्वास्थ्य मन्त्रालय आउन परेको छ । यो गुनासो हो पोखरा महानगरपालिकामा रहेको मास्ठना स्वास्थ्य चौकीकी अनमी इन्दिरा शर्माको ।
सरकारले गरेको समायोजनको गुनासो बोकेर उनी मंगलबार दुई महिने शिशु च्यापेर मन्त्रालय आएकी हुन्। उनले भनिन,’ हेर्नुस न मैले समायोजनको फारम भर्ने बेलामा जहाँ भनेकै थिइन त्यस्तो विकट ठाउँमा पारिदिएको छ । अब म २२ महिना र २ महिनाका दुई बच्चा बोकेर कसरी जाउँ ? मलाई त जागिर निल्नु न ओकल्नु भयो ।’

हुन त यसअघि नै उनले गुनासो निवेदन हालेकी थिइन तर सुुनुवाई भएन । अहिले उनलाई कास्कीको मादी गाउँपालिकाको स्वास्थ्यचौकीमा समायोजन गरिएको छ । उनलाई त्यहाँ पुग्न घरबाट कम्तीमा ६ घण्टा लाग्छ ।
डेरा गरेर बसौं दुई दुई बच्चा कसले हेर्ने ? घरमा भए त सबैको सहयोग हुन्थ्यो उनले निन्याउरो अनुहार पार्दै भनिन्। गुनासो गर्नकै लागि २ महिने सुत्केरी उनी बिहान १० बजेदेखि कुरेर बसेकी छिन्। हाकिमसाबलाई भेट्छु भनेको भेट्नै पाएकी छैन् ४ बजिसक्यो उनले भनिन ।
इन्दिरा त एक पात्र मात्र हु्न मंगलबार स्वास्थ्य मन्त्रालयमा भेटिएकी उनी जस्ता हजारौं स्वास्थ्यकर्मी आफूलाई समायोजनको चित्त नबुझेको भन्दै गुनासो गर्न मन्त्रालयमा निकै ठुलो भिड लागेको छ। सबैलाई दशैंले छपक्क छोपेको बेला स्वास्थ्यकर्मीलाई भने समायोजन ठुलो टाउको दुखाई बनेको छ ।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण