‘उपचारका क्रममा अस्पतालमा हुने दुर्घटना लापरबाही हाे कि हाेइन छानबिन गर!’
काठमाडौं : सरोकारवाला संघ संस्थाहरूले वरिष्ठ चिकित्सक प्रा.डा. भोलाराज जोशीमाथि सांघातिक र भौतिक आक्रमणको धम्की दिँदै रकम असुल्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।
सरकारी चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ, युवा चिकित्सक संघ, स्वतन्त्र विद्यार्थी युनियन (महाराजगञ्ज मेडिकल क्याम्पस), रेजिडेन्ट एसोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट डक्टर्स वेलफेयर सोसाइटी, राष्ट्रिय चिकित्सक संघ (केन्द्रीय कमिटी) र डक्टर्स सोसाइटी अफ नेपालले संयुक्त प्रेस विज्ञप्ति निकालेर घटनाप्रति आपत्ति जनाएका हुन्।
‘केही समयदेखि देशभरिका विभिन्न स्वास्थ्य संस्था र चिकित्सकमाथि निरन्तर भौतिक तथा सांघातिक आक्रमण भइरहेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘उपचारको क्रममा कुनै पनि दुर्घटना हुन गएका सो विषयलाई छानविन र कानुनी प्रक्रियामा लैजाने भन्दा पनि डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हुलहुज्जत, हातापाइ र हस्पताल तोडफोड गर्ने अनि फिरौतीको शैलीमा तर्साएर, धम्क्याएर पैसा उठाउने प्रक्रिया हाबी भइरहेको छ।’
यस्तो प्रवृत्ति रोक्न र चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। उनीहरूले अस्पतालमा उपचारका क्रममा हुने दुर्घटना लापरबाही हुन् वा होइनन् भन्ने निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। यस्तै सम्पूर्ण स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि सुरक्षाको प्रत्याभूति दिन पनि उनीहरूको माग छ।
हेर्नुहाेस् विज्ञप्ति




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त