धौलागिरि अञ्चल अस्पतालमा नयाँ भवन
बागलुङ : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरि अञ्चल अस्पतालको सुविधासम्पन्न ‘बी’ ब्लक भवन उद्घाटन गरेकी छिन्।
२०६६ वैशाखमा निर्माण शुरू भएकाे भवन निर्माण गर्न छ करोड ६० लाख ३९ हजार २१४ रूपैयाँ लागेको आयोजना कार्यान्वयन एकाइ कास्कीले जनाएको छ। तीनतले उक्त भवनमा ३२ वटा कोठा छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले भवन निर्माणसँगै बिरामीको उपचारमा सहज हुने बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले नयाँ भवनबाट फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधि वितरण, हाड जोर्नी तथा नसा रोग विभाग, नाक–कान– घाँटी रोग विभाग, सर्जरी विभाग, सामान्य उपचार सेवा, भिडियो एक्सरे सेवा विभाग, दन्त सेवा, बालरोग विभाग, स्त्री तथा प्रसूति विभागलगायत रहेकोे जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा