Health TV Online
Health TV Online
Health TV Online

उपचारका क्रममा कैदीकाे मृत्यु

उपचारका क्रममा कैदीकाे मृत्यु

भरतपुर : जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। धादिङको गजुरी गाउँपालिकाका ३७ वर्षीय साइला भनिने राजकुमार राईको मृत्यु भएको हो।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार आज बिहान राईको मृत्यु भएको हो। उनले जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका थिए।

क्यान्सर रोग पीडित उनलाई काठमाडौँबाट यही असोज २ गते कारागार कार्यालय भरतपुर ल्याइएको थियो। उनको उपचारका क्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार