सीएमसी कलेजका विद्यार्थीकाे आन्दोलन स्थगित
चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीहरूले आन्दोलन स्थगन भएकाे छ। दशैँका कारण विद्यार्थीहरू घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले बताए।
दशैँ सकिएपछि असोज २७ गतेदेखि आन्दोलन चर्काउने उनले जानकारी दिए।
अध्यनरत विद्यार्थी र उनीहरूका अभिभावकले आइतबार विज्ञप्ति जारी गरी यसअघिको सहमतिअनुसार काम नभएको भन्दै आन्दोलनको अल्टिमेटम दिएका थिए।
विद्यार्थी र अभिभावकहरूले जिल्ला प्रशासन कार्यालय चितवनमा गत असोज ४ गते भएको सहमतिअनुसार शुल्कको भर्पाइ दिएर रकम फिर्ता गर्न माग गरेका छन्। सहमतिमा असोज १० गतेसम्म कलेजले लिएको भनिएको अतिरिक्त शुल्कको भर्पाइ रसिद दिने र सो बारेको प्रतिवेदन बनाउने भन्ने उल्लेख छ।
मेडिकल कलेजका प्रतिनिधिहरूले भर्पाइ नदिने, प्रतिवदेन तयार पार्ने काममा आलटाल गर्ने र नाजायज विवाद झिकेकाले प्रतिवदेन तयार हुन नसकेको उनीहरूले बताएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा