Health TV Online
Health TV Online
Health TV Online

डा.भोलाराज जोशीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाउँदै चिकित्सक संघले निकाल्यो विज्ञप्ति

डा.भोलाराज जोशीमाथि भएको दुर्व्यवहारप्रति विरोध जनाउँदै चिकित्सक संघले निकाल्यो विज्ञप्ति

काठमाडौं : नेपाल चिकित्सक संघका आजीवन सदस्य रहेका प्रा.डा भोलाराज जोशीमाथि उपचारको क्रममा दुर्व्यवहार र मान मर्दन भएको भन्दै संघले विरोध जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ ।

जारी विज्ञप्तिमा नेपालको चिकित्सा शिक्षामा ठूलो योगदान पुर्याउनु भएका प्रा डा. जोशीमाथी अस्वाभाविक र अतिरञ्जित तरिकाबाट दुर्व्यवहार गरिएकोमा खेदपूर्ण भएको उल्लेख गरिएकाे छ ।

यस्तो प्रकारको घटनाले कुनै पनि चिकित्सकले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न नसक्ने  संघकाे ठहर छ । यस्ताे अवस्थामा सबैभन्दा पहिले चिकित्सक आफै रक्षात्मक उपायहरु अवलम्बन गरी विरामी हेर्नु पर्ने अवस्था सिर्जना भइ  समग्र स्वास्थ्य सेवा प्रवाहमा गम्भिर असर पुग्ने तर्फ सचेत रहन सरोकारवाला सबैलाई संघले अपिल गरेको छ ।

यसका साथै संघले घटनाको सत्यतथ्य छानबिन गरी चिकित्सकको प्रतिष्ठामा आँच आउन नदिन छिटो  भन्दा छिटाे  दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग समेत गरेको छ।

केही दिनअघि ओम अस्पतालमा एक जना बिरामीको मृत्युको विषयलाई लिएर डा.जोशीलाई दुर्व्यवहार गरिएको थियो ।

 

 

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार