नेपाल ‘खुला दिसामुक्त’ राष्ट्र!, प्रधानमन्त्रीले सम्झिए जेल बस्दाकाे चर्पी
काठमाडौं : नेपाललाई ‘खुला दिसामुक्त’ राष्ट्र घोषणा गरिएको छ। साेमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त घोषणा गरेका हुन्।
खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्री ओलीले खुला दिसामुक्त घोषणा भएको दिनले नेपाललाई नयाँ उचाइमा उठाएको प्रतिक्रिया दिए। उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि यस्तो कदम उठाएकाे तर्क गरे।
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैगर्दा प्रओलीले आफू जेल बस्ताको चर्पी सम्झिए। ‘म बसेको एउटा सानो कोठा थियो । त्यसकै छेउमा एउटा शौचालय थियो । लाइनै बस्नुपर्थ्यो शौच गर्न’ उनले भने।
कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु सबैको दायित्व
भएकाे बताइन्। ‘खुला दिसामुक्त राष्ट्र घोषणा पूर्ण सरसफाइ अभियानको एक महत्त्वपूर्ण अंग हो, यसले आधारभूत सरसफाइको लक्ष्य हासिल गर्छ’, मन्त्री मगरले भनिन्, ‘पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रारम्भिक खुड्किलोका रूपमा खुला दिसामुक्त नेपाल घोषणा भएको हो।’
नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो। खानेपानी मन्त्रालयका अनुसार हालसम्म देशका ५६ लाख ६० हजार २१४ घरमा शौचालय बनिसकेका छन्।
ने पालका करिब सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको सरकारकाे दाबी छ। देशका ७७ वटै जिल्ला खुला दिसामुक्त घाेषणा गरिएसँगै देश खुला दिसामुक्त बनेकाे हो।
दक्षिण एसियामै पहिलाे खुला दिसामुक्त भएकाे सरकारले दाबी गरेकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण