विषालु च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी
सर्लाही : विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ जना बिरामी परेका छन्। जंगलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीको परिवार बिरामी परेको प्रहरीले जनाएको छ।
माझीकी श्रीमती ५५ वर्षीया राजकुमारी, जेठा छोरा ३२ वर्षीय पल्टु, माइला छोरा ३१ वर्षीय बिल्टु, बुहारी २८ वर्षीय सविता, बुहारी २७ वर्षीया अञ्जुदेवी, नाति १० वर्षीय अमित, नातिनी ६ वर्षीया रिन्कु, नातिनी पाँच वर्षीया प्रियङ्का, नाति चार वर्षीय अविनाश र नातिनी तीन वर्षीया मेनुका रहेको प्रहरीले जनाएको छ।
बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ जनालाई आइतबार राति नै उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।
बिरामी परेकाहरूको आर्थिक स्थिति कमजोर रहेका कारण वडा कार्यालय र प्रहरीको सहयोगमा जनकपुर पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा