स्वास्थ्यचौकीलाई प्रवासीले गरे एक लाख सहयाेग
म्याग्दी : जिल्लाका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन्।
जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी मूल थलो भएका र हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका मुक्ति रोकामगरलेले मालिका गाउँपालिका–६ दरबाङमा रहेको स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन्।
स्वास्थ्य केन्द्रमा आफूद्वारा आयोजित निःशुल्क दन्त शिविरमा मगरले स्वास्थ्य केन्द्रमा विपन्न नागरिकको औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरेको बताए।
शिविर आइतबार सम्पन्न भएको छ। पश्चिम म्याग्दीका मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई लक्ष्य गरी आयोजित निःशुल्क दन्त शिविरमा ७०० बढीले सेवा लिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा