Health TV Online
Health TV Online
Health TV Online

लक्ष्यभन्दा चार महिनाअघि नै बन्याे स्वास्थ्यचौकी भवन

लक्ष्यभन्दा चार महिनाअघि नै बन्याे स्वास्थ्यचौकी भवन

संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित स्वास्थ्यचौकी भवन निर्माण लक्ष्यभन्दा चार महिनाअघि नै सम्पन्न भएको छ। भवन निर्माण गर्न एक करोड ७९ लाख ५२ हजार ४३५ बजेट विनियोजन भएको थियो ।

भवनको ठेक्का संघीय आयोजना कार्यालय विराटनगर मोरङले २०७५ असार २५ मा ठेक्का लगाएको थियो । ठेक्काअनुसार स्वास्थ्यचौकी भवन २४ पुस ०७६ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माण कम्पनी अरुण–वरुण जेभीका निर्देशक मिगुर शेर्पाले सम्झौता अवधिभन्दा चार महिनाअघि नै भवन निर्माण सम्पन्न गरेर स्वास्थ्यचौकीको नवनिर्मित भवन स्वास्थ्यचौकी तुम्लिङटारलाई हस्तान्तरण गरे।

सम्झौता समयभन्दा अगाडि नै काम सम्पन्न गरेमा प्रतिदिन ०.०५ प्रतिशतले बढीमा १० प्रतिशतसम्म बोनस दिने र सम्झौताभन्दा ढिलो काम गरेमा सोहीअनुसार जरिवाना लिने प्रावधान छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार