Health TV Online
Health TV Online
Health TV Online

पूर्वराष्ट्रपतिलाई उपचार खर्च दिने सरकारकाे निर्णयप्रति थापाकाे प्रश्न

पूर्वराष्ट्रपतिलाई उपचार खर्च दिने सरकारकाे निर्णयप्रति थापाकाे प्रश्न

काठमाडौं : कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन्।

मन्त्रिपरिषदको अघिल्लो बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो।

‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– ‘कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन।’ पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानून सबैलाई लाग्छ’, थापाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू?’

पेटमा क्यान्सर देखिएपछि पूर्वराष्ट्रपति डा. यादवको   उपचार तीन वर्षअघि अमेरिकामा गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार