भरतपुरलाई ‘स्मोक फ्री सिटी’ बनाउँछु : रेणु दाहाल
काठमाडाैं : भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुरलाई एक वर्षभित्र ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता जनाएकी छिन्।
गत साता इन्डोनेसियाको बाेगर नगरमा भएको कार्यक्रममा उनले भरतपुरलाई स्मोक फ्री सिटी बनाएरै छाड्ने बताएकी हुन्। पर्यटकीय हिसाबले रमणीय र हरियाली शहरलाई अझ बढी स्वस्थ बनाउन स्मोक फ्री सिटी बनाउन लागेको उनले बताइन्।
नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि २७ हजार मानिसले ज्यान गुमाइरहेको भन्दै दाहालले आफ्नो महानगरमा यो रोगबाट बच्न र नगरवासीलाई यस रोगबाट बचाउन सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक भएको बताइन्।
बगोरमा भएको कार्यक्रममा १२ देशका ४० नगर\महानगर प्रमुखको सहभागिता थियो। कार्यक्रमको अन्तिम दिन घोषणापत्र जारी गर्दै उनीहरूले आ–आफ्नो नगरलाई स्मोक फ्री बनाउने प्रतिबद्धता जनाएका हुन्।
यही क्रममा नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा पुगेकी दाहालले मान्छे मार्ने वस्तु बिक्री वितरणमा नियन्त्रण गर्न आफूले सक्दो प्रयास गर्ने बताइन्।
‘आगामी वर्ष एपीक्याट सम्मेलन भरतपुर महानगरले गर्नेछ। यही सेरोफेरोमा हामी अब भरतपुरलाई स्मोक फ्री सिटी बनाउन गतिविधिहरू अघि बढाउँछौँँ’, उनले भनिन्, ‘कानुन छ त्यसको कार्यान्वयन पक्षलाई मजबुत बनाउनैपर्छ। यो हामी सबैको दायित्व हो।’
दाहालले भ्रमण वर्ष २०२० मा भरतपुरले सुर्तीजन्य पदार्थ र नसर्ने रोग नियन्त्रणसम्बन्धी सिटिज अलायन्सको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न पाउनु ठूलो अवसर भएको बताइन्। ‘यो महानगरका लागि चुनौती सँगै अवसर पनि हो’, उनले भनिन्। स्मोक फ्री सिटी हुनुले भ्रमण वर्षमा आउने पर्यटकका लागि पनि सकारात्मक सन्देश दिने उनको भनाइ छ।
द युनियनको आह्वानमा नसर्ने रोग र यसको प्रमुख कारक मानिएको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एसिया प्रशान्त क्षेत्रका १२ देशका नगर\महानगर प्रमुखको अलायन्स बनाइएको छ। त्यसमा भरतपुर महानगर पनि सदस्य छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित