सेनिटरी प्याड वितरण व्यवस्थापनकाे जिम्मा स्थानीय तहलाई
काठमाडौं : सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क बाँड्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिइन्।
सरकारले आगामी कात्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी प्याड वितरण शुरु गर्ने भएको हो। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड वितरण व्यवस्थापन गर्नेछ।
प्याड आवश्यक पर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई जिम्मेवारी दिइएको छ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो। प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गर्ने र त्यसको लागि बजेट व्यवस्थापन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साझा कोष खडा गर्नेछ।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित