निःशुल्क स्वास्थ्य शिविरमा ५०० जनाकाे उपचार
गोरखा : भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ जनाले उपचार गराएका छन्।
वडा कार्यालय र वरदान हस्पिटल गोरखाको आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।
नागरिकमा स्वास्थ्य उपचारको सहज पहुँच पुर्याउन वडा कार्यालयले पटक–पटक शिविरको आयोजना गर्दै आएको उनले बताए। शिविरमा उपचार सेवा लिएकामध्ये १३० ले भिडियो एक्सरे सेवा, ४९ को निःशुल्क दन्त परीक्षण गराएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। त्यस्तै शिविरमा पाँच गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा १८० जनाको ‘ब्लड ग्रुपिङ’ गरिएको थियो ।
शिविरमा आएका अन्यको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएकोे थियो। शिविरमा डा. प्रनिस पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा