आज विश्व मुटु दिवस मनाइँदै
काठमाडौं: आज सेप्टेम्बर २९अर्थात विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
विश्व मुटु महासंघका अनुसार विश्वमा बर्षेनी १ करोड ७५ लाख मानिसहरुले मुटुरोगका कारण ज्यान गुमाउने गर्छन । त्यस मध्ये ८० प्रतिशत विकासोन्मुख राष्ट्रहरुका बिरामी भएको बताइएको छ ।
नेपालमा नसर्ने रोगहरु मध्ये मुटुरोग अग्रस्थानमै छ । पछिल्लो समय मानिसहरुको अस्वस्थकर जीवनशैली, खानपान र शारीरिक व्यायामको कमीका कारण मुटुरोगीहरुको संख्या बढ्दो भएको चिकित्सहरुको भनाई छ ।
यही रोगकोबारेमा सबैलाई जानकारी दिन र रोगबाट बच्न के गर्न सकिन्छ भन्ने उद्धेस्यका साथ प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटुरोग दिवस मनाउने गरिएको हो ।
उच्च रक्तचाप, बढी मोटोपन, मधुमेह रोग भएका, शारीरिक व्यायाम नगर्ने र परिवारमा कसैलाई मुटुरोग भएका व्यक्तिहरु यस राेगकाे बढी जोखिममा हुन्छन्। यस्ता व्यक्तिहरुले विशेष रुपमा सचेत हुन जरुरी रहेको चिकित्सहरुको भनाई छ ।
दिवसको अवसर पारेर, नर्भिक अस्पताल, ह्याम्स अस्पताल, गंगालाल, अल्का अस्पताल लगायतले र्याली निकालका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा