इलाममा डेंगुले एकजनाको मृत्यु
इलाम : डेंगुले एकजनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ सुब्बाको मृत्यु भएको हो ।
राससका अनुसार ज्वरो आएर इलाम अस्पतालमा भर्ना भएका उनलाई कलेजो र मिर्गौलामा समस्या भएको भन्दै यही असोज ४ गते नोबेल अस्पतालमा पठाइएको थियो । जिल्ला अस्पताल इलामले समयमा रोग पहिचान नगरिदिएकाले गणेशकाे मृत्यु भएको परिवारको भनाइ छ। अस्पतालले भने इलाम नगरपालिकासँग पहिले नै डेंगु किट माग गरे पनि तदारुकता नदेखाएको बताएको छ ।
इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेंगु देखिएकाे छ। उनीहरूकाे उपचार भइरहेको छ । इलाममा डेंगु फेला परेको यो पहिलो पटक हो।
जिल्लामा भरपर्दो उपचार गर्ने ठाउँ नहुँदा सामान्य बिरामी पनि उपचार गराउन झापा र भारतका विभिन्न स्थानमा जाने गरेकाले पनि डेंगु फेला परेको थिएन।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा