Health TV Online
Health TV Online
Health TV Online

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा : हेटौँडाअस्पतालमा बिरामीको चाप बढेको छ । डेंगु, स्क्रब टाइफस, भाइरल ज्वरो जस्ता बिरामीको संख्या बढेको हो। बिरामीको चाप अस्पतालमा बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ३००० बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखि ७०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन्। उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढ्दा उनीहरू शय्या कुरेर बस्न बाध्य भएका छन्।

विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको संख्या बढ्नुका साथै वर्षायाम शुरू भएदेखि डेंगु र स्क्रब टाइफसका बिरामी पनि बढेकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

एकातिर अस्पतालमा बिरामीलाई शय्या पाउन कठिन भएको छ भने अर्कोतिर कर्मचारीलाई शयया व्यवस्थापन गराउन झन् कठिन बन्दै गएको छ । चिकित्सकले भर्ना गर्नुपर्छ भनेका बिरामीहरूमध्ये कतिपय शय्या नपाएर अन्यत्र गएका छन् भने कतिपय बिरामी श्ययाका लागि कुरेर शय्या बाहिर बस्ने गरेको पाइएको छ। दुई महीनायता डेंगु र भाइरल ज्वरोका कारण बिरामीको चाप बढेर भर्ना हुने वार्ड तथा आकस्मिक सेवाका शय्यासमेत अभाव भएको छ ।

एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकामा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पताल विकास समितिले जनाएको छ।

दैनिक ५०\६० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेको बालरोग विशेषज्ञ डा राजु सेढाईंले बताए। ‘डेंगु देखिए पनि सामान्यतया खान नसक्नेसम्मका बच्चालाई घर पठाएका छौँ’, उनले भने, ‘तर भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या नपुगे पनि हामीले कुरुवा बस्ने शय्या, भुइँ कोरिडोर सबैतिर राखेर उपचार गरिरहेको छौँ।

उनका अनुसार बच्चामा डेंगु, स्क्रबटाइफसलगायत समस्या देखिएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार