विश्व मुटु दिवसमा अल्का अस्पतालले नि:शुल्क परीक्षण गर्ने
काठमाडौं : विश्व मुटु दिवसका अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले विभिन्न ल्याब परीक्षण निःशुल्क गर्ने भएको छ। अस्पतालले यही असोज १२ गते इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो।
शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरू मात्र निःशुल्क हुने अस्पतालले जनाएको छ। शिविरमा जाँच गरिएका बिरामीहरूलाई १० दिनसम्मका लागि औषधि निःशुल्क गर्ने बताइएको छ। यस्तै जाँच गरेका विरामीहरुको १४ दिनसम्मका लागि ‘फलो अप’मा आउँदा पैसा नपर्ने व्यवस्था गरिने छ।
अस्पतालसहित लायन्स क्लब अफ काठमाडौँ अल्का र लियो क्लब अफ काठमाडौं अल्काले विश्व मुटु दिवस संयुक्त रूपमा मनाउने जानकारी दिएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा