१२ घण्टा सडक जाममा पर्दा बिरामीको मृत्यु
धादिङ : त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रूपलाल शाहको मृत्यु भएको हो।
रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नम्बरको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो। थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्रै उनको मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि शाहलाई डायलसिसका लागि सार्वजनिक यातायातमा काठमाडौं ल्याइँदै थियो। लामो जाममा १२ घण्टाभन्दा बढी समय कुर्नु पर्दा बिरामीको मृत्यु भएको महादेवबेँसीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रूपाखेतीले बताए। एम्बुलेन्समा ल्याउन पैसा अभाव भएपछि शाहलाई रात्रिबस चढाएर ल्याइँदै थियो। शाहको शव बाटोबाटै रौतहट लैजाने तयारी भइरहेको श्रेष्ठलेजानकारी दिए।
राससका अनुसार आमा, भाइ र दाजुसँगै शाह बसमा काठमाडौँ आउँदै थिए। सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा जाम भएको थियो। एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्नेगरी सडक चार दिनदेखि अवरुद्ध भइरहेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित